एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका– ४, ठाकुरापुरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानीयले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएको एनसेलले जनाएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजित शिविरमा बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ डाक्टरबाट मुटुरोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लिएका थिए । साथै, इसिजी, मधुमेह तथा रक्तचापको जाँच गराई आवश्यक नि:शुल्क औषधि पनि वितरण गरिएको एनसेलको भनाइ छ ।
यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी समस्या पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाका साथ समस्यासँग जुध्न मद्दत गर्ने बताइएको छ । एनसेलले सिएसआरअन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो नि:शुल्क स्वास्थ्य शिविर हो । यसअघि सोही जिल्लाको मायादेवी गाउँपालिका– ३ स्थित फुलिका स्वास्थ्यचौकीमा स्वास्थ्य सञ्चालन गरेको थियो ।