कुन्ती र शिशिरको आवाजमा भ्रष्टाचारविरोधी गीत सार्वजनिक

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

कुन्ती मोक्तान र शिशिर योगीको आवाजमा रहेको ‘भ्रष्टाचारको चपेटामा देश’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता मंगलबार बानेश्वरमा आयोजिक एक कार्यक्रमबिच गीतको म्युजिक भिडियो प्रिमियर गरिएको हो।

हेम पाठकको शब्द रचना रहेको गीतमा बिबी अनुरागीले संगीत भरेका छन्। गीतको भिडियो भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको छ।

म्युजिक भिडियोमा कलाकारहरू किरण केसी, विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू र आरके मानन्धरको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन सुदन केसी तथा सहनिर्देशन चन्द्र भण्डारीले गरेका हुन्।

सुझावित समाचार