योगेशकाे भाषण रेकर्डबाट नहटेपछि संसदमा माओवादीको अवराेध

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण
योगेशकाे भाषण रेकर्डबाट नहटेपछि संसदमा माओवादीको अवराेध

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटेपछि माआोवादी सांसदहरूले विरोध जनाएका छन्।

सभामुखले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन नपर्ने भनेपछि माओवादीका  सांसदहरू आफ्नो सिटबाट उठेर विरोध गरिरहेका छन्।

भदौ १२ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद भट्टराईले माआवादीको सशस्त्र संघर्षलाई बारम्बार ‘हिंसा’ भनेका थिए। भट्टराईको अभिव्यक्तिमा आपत्ति जनाउँदै माओवादी केन्द्रले संसद्को रेकर्डबाट हटाउन माग गरेको थियो।

बुधबारको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, कार्यव्यवस्था समितिको बैठक र सचिवालयको रायका आधारमा उक्त शब्द हटाउन नपर्ने बताएपछि माओवादी केन्द्रका सांसदहरूले विरोध गरेका हुन्। विषय, प्रसंग र प्रस्तुतिअनुसार भट्टराईको शब्द असंसदीय नदेखिएको सभामुखको निष्कर्ष छ।

सुझावित समाचार