सरकारी कर्मचारीहरूलाई दोस्रो बजारको सेयर कारोबारमा रोक लगाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालय समयमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) नचलाउन निर्देशन दिँदै परिपत्र गरेको हो।
सरकारी कार्यालय सामान्यतया बिहान १० बजेदेखि सुरु भएर ५ बजेसम्म कायम हुन्छ। तर, सेयरको दोस्रो बजार बिहान ११ देखि ३ बजेसम्म चल्ने गरेको छ। कार्यालय समयमा कारोबारमा रोक लगाउँदा कर्मचारीहरू सेयर कारोबारबाट बन्चित हुनेछन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रको व्यहोरा उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले सबै प्रदेश र स्थानीय तहहरूमा परिपत्र गर्न प्रादेशिक समन्वय महाशाखा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो।
