जवाफदेहिता माग गर्नु लोकतन्त्रको हत्या हुँदैन : गोकुल बाँस्कोटा

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले प्रश्न उठाउनु र जवाफदेहिता माग्नु लोकतन्त्रको हत्या नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा भने, ‘प्रश्न उठ्नु र जवाफदेहिता माग गर्नु लोकतन्त्रको हत्या हुँदैन। लोकतन्त्रको थप सुन्दर पक्ष के हुन्छ भने लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुग्छ ।’

उपसभामुख हटाउने भन्ने प्रसंगमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन्। प्रश्न उठेपछि आफूले मन्त्री पदबाट राजीनामा  दिएको स्मरण गराउँदै उनले व्यक्तिको चरित्र र पदीय जिम्मेवारीका विषयमा प्रश्न उठे पद छाड्न सक्ने नैतिक आँट देखाउनुपर्ने बताए।

व्यक्तिगत रूपमा निरन्तर पीडित हुनुभन्दा पारदर्शिता प्रदर्शन गर्न मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिँदै उनले भने, ‘सांसदहरूकै बारेमा पनि त्यस्ता प्रश्न उठे भने के गर्ने भनेर कानुन,नियम बनाऔँ न ।  त्यति आँट गरौँ न ।’

उपसभामुख हटाउने कि नहटाउने भन्ने विषय सरकारको नभई संसद्को भएको स्मरण गराउँदै बाँस्कोटाले सरकारले हटाउन लागेको भ्रम नफैलाउन आग्रहसमेत गरे।

सुझावित समाचार