सानिमा बैंकका ग्राहकले श्री एयरलाइन्समा छुट पाउने भएका छन् ।बैंकको भिसा डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा पाँच सय रुपैयाँको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।
बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।