अरिँगालले टोकेर ताप्लेजुङमा एकजना घाइते

शुक्रबार, २१ भदौ, २०८१
डिजिटल संस्करण

ताप्लेजुङ जिल्लामा अरिँगालले टोकेर एकजना पुरुष गम्भीर घाइते भएका छन्। सिरिजंघा गाउँपालिका– ७ खेबाङका हस्तबहादुर लिम्बूका छोरा ३२ वर्षीय दीपेन लिम्बूलाई अरिँगालले टोकेर घाइते बनाएको हो।

घाइते लिम्बू आफ्नै अलैँची बगान सफा गर्ने क्रममा अरिँगालको गोलामा पुगेपछि अरिँगालले टोकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले बताए। लिम्बूलाई ५०–६० वटा अरिँगालले टोकेर अचेत अवस्थामा रहेकाले उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएको थियो।

तेल्लोकमा उपचार हुन नसकेपछि पाँचथर जिल्ला अस्पतालमा रेफर गरिएको छ।
 

सुझावित समाचार