कमला ह्यारिस डेमोक्रेटिक उम्मेदवार बनेपछि गरिएको एक सर्वेक्षणमा अमेरिकी राजनीतिमा ‘सेक्सिजम’ (लैंगिकता) अझै पनि शक्तिशाली रहेको देखिन्छ
राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा राष्ट्रपतिको दौडबाट बाहिरिएर उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिकतर्फ राष्ट्रपति पदको उम्मेदवार बन्नका लागि मार्ग प्रशस्त मात्र गरिदिएनन्, उनलाई समर्थन नै गरे । त्यस वेलादेखि ह्यारिसको निर्वाचन अभियानले व्यापक ढंगले उत्साह र चौतर्फी ध्यानाकर्षण गरेको छ । ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदको आधिकारिक उम्मेदवार बनिन् र स्विङ स्टेटमा बाइडेनमाथि डोनाल्ड ट्रम्पको अग्रता तोड्न सफल भइन् । ह्यारिस र डेमोक्रेटिकतर्फ उपराष्ट्रपतिका उम्मेदवार टिम वाल्जले पनि पेन्सिल्भेनिया, विस्कन्सिन, मिसिगन, एरिजोना र नेभाडामा हालैका र्यालीमा हजारौँ समर्थकलाई आकर्षित गरेका छन् । यद्यपि, आगामी महिना चिजहरू नाटकीय रूपमा परिवर्तन हुन सक्छन् । संयुक्त राज्यले अन्ततः आफ्नो पहिलो महिला राष्ट्रपति चयन गर्न सक्ने सम्भावना देखिएको छ । तर, ह्यारिस सम्भावित डेमोक्रेटिक उम्मेदवार बनेपछि गरिएको सर्वेक्षणमा अमेरिकी राजनीतिमा ‘सेक्सिजम’ (लैंगिकता) अझै पनि शक्तिशाली शक्ति भएको फेला परेको छ ।
आशा र परिवर्तन
निश्चय नै सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानका दागहरू (जसमा डेमोक्रेटिक राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको पराजयमा लैंगिकताले भूमिका खेलेको थियो) डेमोक्रेटको मानसपटलमा अझै ताजा छन् । तर, धेरैले अमेरिका परिवर्तन भएको आशा गरेका छन्, जहाँ अब नेतृत्वदायी भूमिकामा महिला स्वीकार्य हुनेछिन् । यो तर्कका आधारमा ह्यारिसको लैंगिकता मतदाताका लागि महत्वपूर्ण अवरोध हुनेछैन । सतही रूपमा एक हजार अमेरिकी वयस्कमाझ गरिएको राष्ट्रिय सर्वेक्षणले लैंगिकता पनि एक प्रमुख मुद्दा भएको देखाउँछ । ५१ प्रतिशत अमेरिकी यस भनाइसँग सहमत छन्, अफ्रिकी मूलकी पहिलो महिला राष्ट्रपतिका लागि स्वीकार गर्न अमेरिका तयार छ । सर्वेक्षणमा केवल २३ प्रतिशत अमेरिकी असहमत थिए । तैपनि, केही रिपब्लिकनलाई चुनाव प्रचारमा लैंगिक मुद्दा बनाएर जित्न सकिन्छ भन्ने लागेको छ । ट्रम्प र अन्य रिपब्लिकनले ह्यारिसबारे कुरा गर्दा प्रयोग गरिरहेका यौनवादी बयानबाजीमा पनि यो स्पष्ट छ ।
महिलाविरोधी धारणा राख्ने ट्रम्प सिधै विदेशी नेताले राष्ट्रपतिका रूपमा ह्यारिसलाई ‘खेलौना’ मान्ने दाबी गर्छन् । ह्यारिसलाई ‘अविवेकी’ भन्ने ट्रम्प अहिले उनको स्वरूप र अनुहारबारे टिप्पणी गर्दै छन् । ट्रम्पले ह्यारिसलाई व्यक्तिगत कुराकानीमा ‘कुकुर्नी’सम्म भनेको एसोसिएटेड प्रेस (एपी) र न्युयोर्क टाइम्सले लेखेका छन् । यद्यपि, ट्रम्पका प्रवक्ताले उनले सो शब्द प्रयोग गरेको अस्वीकार गरे । यस्तै यौनवादी नशामा ट्रम्पका सहयोगीले ह्यारिसको विगतको रोमान्टिक सम्बन्धलाई चुनावी अभियानको मुद्दामा परिणत गर्ने प्रयास गरेका छन् । ट्रम्पसँग नजिक मानिने टीभी फक्स बिजनेस न्युजमा एकजना रुढिवादी टिप्पणीकारले ह्यारिसलाई अश्लील रूपमा चित्रण गरे । के चुनावी रणनीतिको रूपमा लैंगिकता दर्साउने यस्ता प्रयासले बेफाईदा गर्नेछ ? वा, एक महिलाका लागि यौनवादी दृष्टिकोणमाथि विजय प्राप्त गर्न र संयुक्त राज्य अमेरिकाको सर्वोच्च पद जित्न कठिन हुन सक्छ ?
महिलाप्रति पूर्वाग्रही दृष्टिकोण
हामी राजनीतिक वैज्ञानिक हौँ । हामी अमेरिकी राजनीतिमा पहिचानको भूमिकाको अध्ययन गर्छौं र लैंगिकताबारे अमेरिकीको दृष्टिकोण र राष्ट्रमा लैंगिकवाद अझै पनि व्याप्त छ भनेर सर्वेक्षण सञ्चालन गर्छौं । हामीले यस वर्ष दुइटा राष्ट्रिय सर्वेक्षण सञ्चालन गर्यौँ । सन् २०२४ को जनवरीमा, जतिवेला बाइडेन अझै राष्ट्रपति दौडमा थिए । अर्को अगस्त २०२४ मा ह्यारिस प्रजातान्त्रिक उम्मेदवार बनेपछि । तिनमा अमेरिकी मतदाताले महिलाबारे पूर्वाग्रही दृष्टिकोण राखेको देखिन्छ । प्रत्येक सर्वेक्षणका लागि हामीले १८ वर्षका एक हजारजना अमेरिकी वयस्क र त्योभन्दा माथिका मानिसमा सर्वेक्षण गर्यौं । चुनावमा उनीहरूको विचार, नीति र समाजका विभिन्न समूहप्रति तिनीहरूको मनोवृत्तिबारे सोध्यौँ । डेमोक्रेटिकमा शीर्ष प्रतिस्पर्धामा परिवर्तनसँगै हामीले जनवरीको नतिजा तुलना गरेर राष्ट्रपति चुनावमा लैंगिकताको प्रभावलाई राम्रोसँग मूल्यांकन गर्यौँ ।
दुवै सर्वेक्षणमा हामीले पहिलोपटक उत्तरदातालाई सोधेका थियौँ कि यदि आज राष्ट्रपतिको चुनाव भयो भने उनीहरूले कुन उम्मेदवारलाई मतदान गर्नेछन् ? लैंगिकता (सेक्सिजम) मापन गर्न त्यसपछि हामीले उत्तरदातालाई महिलाप्रति पूर्वाग्रह, असन्तुष्टि र वैमनस्य व्यक्त गर्ने तीनवटा कथनको शृंखला वा राजनीतिक वैज्ञानिकले भन्ने गरेको ‘शत्रुतापूर्ण यौनवाद’सँग सहमत वा असहमत राख्नुहुन्छ भनी प्रश्न गर्यौँ ।
आफ्नो निर्वाचन अभियान र राष्ट्रपति अवधिभर ट्रम्पको आंशिक यौनवादी बयानबाजीका कारण राष्ट्रपतिलाई समर्थन गर्ने व्यक्तिसँग यौनवादी मनोवृत्ति नजिकबाट जोडिएका छन् । औसतमा लैंगिकता दृष्टिकोण राख्ने धेरै व्यक्तिले भर्खरैको चुनावमा रिपब्लिकन उम्मेदवारलाई प्राथमिकता दिएका छन् । यसैले, हाम्रो सर्वेक्षणमा पनि जब बाइडेन डेमोक्रेटिक उम्मेदवार थिए ‘सेक्सिजम’लाई ट्रम्पको समर्थनसँग जोडिएको थियो । जब हामीले बाइडेन र ट्रम्पबिचको हेड टु हेड प्रतिस्पर्धाको जाँच गर्यौँ, शत्रुतापूर्ण सेक्सिजम मापन गर्ने कथनसँग सहमति जनाउने व्यक्तिले बाइडेनभन्दा ट्रम्पलाई प्राथमिकता दिने सम्भावना बढी थियो । शत्रुतापूर्ण सेक्सिजम मापन गर्ने कथनसँग कडा रूपमा असहमत हुनेहरूमध्ये ७३ प्रतिशतले बाइडेनलाई समर्थन गरे भने लैंगिकता मापनमा उच्चतम स्कोर गर्नेमध्ये लगभग दुईतिहाइले ट्रम्पलाई समर्थन गरे ।
सर्वेक्षणमा हामीले पत्ता लगायौँ कि कम यौनवादी विचार भएकाहरूले बाइडेनलाई समर्थन गर्ने ८३ प्रतिशत सम्भावना थियो, जबकि सबैभन्दा बढी लैंगिक धारणा भएकाहरूले समर्थन गर्ने सम्भावना १७ प्रतिशत थियो । अमेरिकीहरूको भोटिङ व्यवहार र राजनीतिक मुद्दाप्रतिको मनोवृत्तिलाई प्रभाव पार्न यौनवादले लामो समयदेखि शक्तिशाली भूमिका खेलेको छ । गर्भपतन, गर्भनिरोधक र एलजिबिटिक्युजस्ता लैंगिक मुद्दाको उच्च राजनीतिक महत्वलाई ध्यानमा राख्दा यस्तो देखिन्छ । हाम्रो विश्लेषणले देखाउँछ कि महिलाप्रति नकारात्मक मनोवृत्ति भएका मानिसले राष्ट्रपतिका लागि ह्यारिसलाई समर्थन गर्ने सम्भावना कम छ ।
द कन्भर्सेसनका लागि एडाम आइचेन, जेस रोड्स र तातिस तेताको आलेख