जन्मकैद सजाय भएका प्रतिवादी १७ वर्षपछि पक्राउ

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन्। पर्सा विन्दवासिनी गाउँपालिका–२ घर भएका ४९ वर्षीय लक्ष्मण चौरसिया बरै भन्ने लक्ष्मणप्रसाद चौरसियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले  बिहीबार पक्राउ गरेको हो।

चौरसियासमेत चारजना व्यक्तिहरूले २५ वैशाख २०६४ को राति पर्सा साबिक बहुअर्वा गाविस–५ बस्ने ढोडा मुखिया बिनको गोली प्रहार गरी हत्या गरेका थिए। घटनापछि फरार रहेका उनलाई सिआइबी टोलीले वीरगन्जबाट पक्राउ गरेको हो।

जग्गाको विषयमा छलफल गर्ने भनी उनीसहितका व्यक्तिले ढोडा मुखिया बिनलाई गोली हानी हत्या गरेका थिए। बिनले जग्गा खरिदका लागि एक व्यक्तिलाई बैना दिएकोमा त्यो रकम फिर्ता नगराउनका लागि हत्या गरेको अनुसन्धानमा खुलेको छ।

चौरसियाविरुद्धको मुद्दा सर्वोच्च अदालतबाटसमेत टुंगिसकेको छ। सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा लक्ष्मण प्रसादलाई सर्वस्वसहित जन्मकैद सजाय ठहर भएको छ। पर्सा अदालतमा पेस भएका चौरसिया जेल चलान भएका छन्।

सुझावित समाचार