पछिल्लो सयम रामेछापमा डेँगु संक्रमणका बिरामी बढ्दै गएका छन् । साउनदेखि हालसम्म ६ जनामा डेँगु संक्रमण भएको हो ।
हालसम्म रामेछाप नगरपालिकामा तीनजना, मन्थली नगरपालिकामा दुईजना र खाँडादेवी गाउँपालिका एकजना जना गरी ६ जनामा डेँगु संक्रमण पुष्टि भएको र उनीहरू सबैजनाअस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार शाहले जानकारी दिए ।
जिल्लाका आठवटा स्थानीय तहहरूमध्ये हालम्म सुनापति गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकामा हालसम्म डेँगु संक्रमणका बिरामी फेला परेका छैनन् ।
डेँगु संक्रमण मानिसमा लामखुुट्टेको टोकाइबाट हुने भएकाले घर वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने, हातखुुट्टा छोपिने किसिमका कपडा लगाउनुपर्ने र राति सुत्दा झुल लगाएर सुतेमा डेँगु संक्रमणबाट बच्न सकिने प्रमुख शाहले बताए ।