हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू ‘कफिनभित्र’ फर्काउने चेतावनी दिएको छ। इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका आफ्ना सेनालाई ‘नयाँ निर्देशन’ दिइएको हमासको सेनाले चेतावनी दिएको छ।
पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको हमासले बताउँदै आएको छ। यसैगरी प्रधानमन्त्री नेतन्याहुले हमासले शान्ति नचाहेकाले बन्दकहरूको हत्या गरेको दाबी गर्दै आएका छन्।
यही स्थिति कायम रहेमा बन्दकहरू कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत चेतावनी दिएका छन्।