असंवेदनशील अभिव्यक्ति दिने सरकारका प्रवक्तालाई कारबाही गर्न पूर्वप्रहरीको माग

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखमाथि  दिएको अमर्यादित अभिव्यक्तिको पूर्वप्रहरी संगठनले विराेध गरेकाे छ । पूर्वप्रहरी संगठन प्रमुख मञ्चले मंगलबार विज्ञप्ति जारी गरेर विराेध गरेकाे हाे । 

अभिव्यक्ति स्वतन्त्रता निम्छरो भाषिक अराजकता नभएको विज्ञप्तिमा भनिएको छ। बहाल तथा पूर्वसुरक्षाकर्मीको मानमर्दन हुने गरी असंवेदनशील अभिव्यक्ति दिने मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । 

शनिबार प्रवक्ता गुरुङले पोखराको एक कार्यक्रममा काठमाडौंको मानसिकता र सम्बन्धित क्षेत्रको अवरोधले संघीय निजामती ऐन र संघीय प्रहरी ऐन आउन समस्या भएको अभिव्यक्ति दिएका थिए । उनले नेपाल प्रहरीका आइजिपीबारे यस्ताे अभिव्यक्ति दिएका थिए । 

सुझावित समाचार