चट्याङ लागेर आज आइतबार पश्चिम नवलपरासीमा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामग्राम नगरपालिका– १४ पर्साबल बस्ने ३५ वर्षीय ठाकुरनाथ कुँवर रहेका प्रहरीले जनाएको छ। बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका कुँवरको चट्याङ लागेर मृत्यु भएको हो।
चट्याङ लागेर घाइते भएका उनलाई देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारका लागि लगिएकोमा त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।