सप्तरीमा पानीमा डुबेको अवस्थामा आइतबार बिहान एकजनाको शव फेला परेको छ ।
सप्तरीको कञ्चनरूप- ६ स्थित चन्द्रनहरको पानीमा सप्तकोशी नगरपालिका– ११ का ५५ वर्षीय कर्णबहादुर तामाङको शव फेला परेको हो ।
घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।