ओप्पोले नयाँ एआई फोन रेनो–१२ सार्वजनिक गरेको छ । यो फोन कम्पनीको रेनो शृंखलामा नयाँ अध्यायका रूपमा सार्वजनिक भएको बताइएको छ ।
कम्पनीका अनुसार रेनो–१२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च शक्ति एलोय फ्रेमवर्कजस्ता विशेषता छन् । यी विशेषताले नयाँ आकर्षक लुक, मजबुत डिजाइन दिनेछ, जसले भुइँमा झर्दा मोबाइलमा आउने समस्या, दबाब र पानीबाट सुरक्षित राख्छ ।
नयाँ रेनो–१२ ले अल्ट्रा–लङ ब्याट्री लाइफ, फास्ट चार्जिङ र चार वर्षसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्छ, साथै रेनो सिरिजको प्रयोगात्मक, टिकाउपन र ट्रेन्ड–सेटिङ शैली जारी राख्ने कम्पनीको भनाइ छ ।
रेनो–१२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधा छ, जसमा अपडेट गरिएको एआई इरेजर समावेश छ । साथै, ग्रुप फोटोलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधा पनि समावेश गरिएको छ । एआई क्लियर फेसले ग्रुपका सबै व्यक्तिलाई, क्यामराबाट टाढा रहेका व्यक्तिसम्म स्पष्टताका साथ कैद गर्ने बताइएको छ ।
रेनो–१२ नेपालमा एस्ट्रो सिल्भर र म्याट ब्राउनमा उपलब्ध छ । १२÷५१२ जिबी संस्करणको ६५ हजार नौ सय ९९ रुपैयाँ पर्ने बताइएको छ ।