आइपिओ जारी गर्दै लिबर्टी माइक्रो इन्स्योरेन्स

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरमा जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० हजार रुपैयाँबराबरको कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

लिबर्टीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र एनआइएमबि एसका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । 

सुझावित समाचार