सुजुकी मोटर्सको आधिकारिक डिलर पाठक मोटर्स ग्रुपले भैरहवामा स्विफ्ट कार सार्वजनिक गरेको छ।
सुजुकीले पर्वोत्सव ०८१ को आयोजना गर्दै स्विफ्ट कार सार्वजनिक गरेको हो। सुजुकीले भैरहवामा स्विफ्ट कारको लन्च गर्दै पाँच वर्षको लागि रनिङ खर्च छुट गरेको छ।
उक्त कार्यक्रममा नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङ अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आउँदै गरेको दसैँतिहारलाई लक्षित गरी ‘सुजुकी पर्वोत्सव अफर’ को योजना गरेको कम्पनीले जनाएको छ।
सुजुकीले इभीमा जस्तै स्विफ्टमा पनि पाँच वर्षको लागि रनिङ खर्च छुट गरेको हो। सुजुकीले सार्वजनिक गरेको चौथौ संस्करणको स्विफ्ट कारमा पाँच वर्षको लागि शून्य रनिङ खर्च हुने गरी अफर पनि ल्याएको पाठक मोटर्स ग्रुप प्रालिका प्रबन्ध निर्देशक अभिषेक पाठकले बताए।
यो योजनाअन्तर्गत चार लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको सवारी बिमा, बिस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिटकभरसहितको एक्सेसरिजहरू पाउनेछन्।
कम्पनीले नाडा अटो सोलाई लक्षित गरेर कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप दुई लाख रुपैयाँसम्मको छुट प्रधान गर्ने कम्पनीले जनाएको छ। यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझविना ढुक्क ड्राइभिङको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
यसैगरी, कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी इँटा व्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ताले गाडी राम्रो सजिलो र बजेटको हिसाबले सस्तो रहेको बताए।
स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले पाँच वर्षसम्म पेट्रोलमा खर्च गर्नुनपर्ने, पाँच वर्षको लागि मर्मत सम्भार र पिएमएस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुनपर्ने कम्पनीले जनाएको छ।
कम्पनीको मापदण्डअनुसारको ११ वटै नियमित सर्भिसमा पनि केही शुल्क नलाग्ने सुजुकी मोटर्सले जनाएको छ।
यो योजनामा थप एक वर्षको बिमा र सिट कभरसहितको सुजुकी जेनुइन एक्सेसरिजहरू पनि निःशुल्क पाउनेछन्। बिक्रीपछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन पाँच वर्षपछि दुई लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र पाँच वर्षको ढुक्क वारेन्टी रहेको पनि कम्पनीले जनाएको छ।
‘हामी हाम्रो उत्पादनसँग विश्वस्त छौँ, स्विफ्टको रिसेल भ्यालु आजसम्मको सबै रिसेल भ्यालुभन्दा राम्रो रहेको छ,’ सिजी कम्पनीका डिलर इन्चार्ज विनायकराज पौडेलले भने।
स्विफ्ट विगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो। थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्दा फाइदा हुने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार, ‘विद्युतीय र पेट्रोल इन्जिन सवारीसाधनहरूबिचको बढ्दो बहसमा ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित छौँ। हाम्रा ग्राहकहरूले फाइदाजनक तवरले शून्य रनिङ खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्नेछ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरुमहरूमा पनि लागू हुने र सुजुकीका विभिन्न मोडेलहरूका कारहरूबमोजिम फरक–फरक हिसाबका छुटहरू लागू हुने कम्पनीले जनाएको छ।