कांस्य पदक विजेता पलेसालाई राष्ट्रपतिको बधाई

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले पारा ओलिम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्धनलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत ऐतिहासिक कांस्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन्। 

उनले भनेका छन्, ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेसाले जित्नुभएको कांस्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो।’

पेरिस पारा ओलिम्पिक–२०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी हुन्। पारा ओलिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन्। 

हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०–८ ले पराजित भइन्।  दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २(१ ले पराजित गरेकी थिइन्। 

सुझावित समाचार