गोगोरो इंक र नेबुला इनर्जीले भृकुटीमण्डपमा जारी नाडा अटो सोमा विश्वकै पहिलो हाइपर–इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयुभी स्कुटर क्रसओभर–जिएक्स २५० स्मार्ट स्कुटर लन्च गरेको छ । सँगसँगै, कम्पनीले काठमाडौं उपत्यकामा ४५ स्थान नयाँ ब्याट्री स्वापिङ स्टेसन निर्माणको घोषणा पनि गरेको छ ।कम्पनीले दुई स्वाप स्टेसनको सफ्ट लन्च गर्नुका साथै फुडमान्डु र जुमजुमजस्ता रणनीतिक साझेदारसँग मिलेर गोगोरोले आफ्ना स्कुटर बिक्रीका लागि तयार गरेको बताएको छ ।
नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, प्रबन्ध निर्देशक सहायु गोयलले दुईपांग्रे सेग्मेन्टमा इभीको प्रयोग बढ्न प्रविधिमा सक्षम हुनुपर्ने बताए ।
नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालमा पहिलो गोगोरो सोरुमको उद्घाटन गर्नेछ । उद्घाटनपछि ग्राहकले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि–बुकिङ गर्ने र दसैँपछि आफ्नो स्मार्ट स्कुटरको डेलिभरी प्राप्त गर्नेछन् । बिक्री सुरु गर्नुअघि कम्पनीले दुई–तीन किलोमिटरमा एउटा स्वाप स्टेसन उपलब्ध हुने कम्पनीले जनाएको छ । स्टेसनहरू रणनीतिक रूपमा पेट्रोलपम्प, मार्ट, मल र ग्राहकको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रमा रहनेछन् ।