पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्कालाई गुजरातले १२ लाख पाँच हजार भारुमा अनुबन्ध गर्यो

नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा पूर्वकप्तान पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । भारतमा बिहीबार भएको अक्सनमा लिजेन्ड्स लिगमा गुजरातले पारसलाई औसत मूल्यमा अनुबन्ध गरेको हो । गुजरातले पारसलाई १२ लाख पाँच हजार भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको हो । तेस्रो संस्करणको लिजेन्ड्स लिग २० सेप्टेम्बरबाट सुरु हुनेछ । पारस आबद्ध गुजरातमा विश्वचर्चित खेलाडी छन् । 

वेस्ट इन्डिजका क्रिस गेल, अफगानिस्तानका अस्गर अफगान र वेस्ट इन्डिजका लिन्ड्ले सिमन्सलगायत रहेका छन् । लिगमा सुरेश रैना, हरभजन सिंह, रोविन उथप्पाजस्ता भारतीय सिनियर टोलीबाट खेलिसकेका खेलाडीले पनि सहभागिता जनाउनेछन् । लिगमा ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा गुजरातसहित इन्डियन क्यापिटल्स, भिलवाडा किंग्स, मनिपाल टाइगर्स, साउदर्न सुपरस्टार र अर्बान राइजर्स हैदरावाद छन् । ६ टोलीबिच २५ खेल हुनेछ । प्रतियोगिता भारतको राजस्थानदेखि कस्मिरसम्म हुने आयोजकले जनाएको छ । लिग चरणको शीर्ष स्थानमा रहने दुई टोलीबिच १६ अक्टोबरमा फाइनल हुनेछ । 

पारस लिगको पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध भएका थिए । पहिलो संस्करणको लिग कतारमा भएको थियो । पारसले नेपालका लागि १० एकदिवसीय र ३३ अन्तर्राष्ट्रिय टी–२० खेलेका छन् । उनले तीन वर्षअघि राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले समान एक शतक र अर्धशतकको मद्दतमा एकदिवसीय फम्र्याटमा तीन सय १५ रन बनाएका छन् । यसैगरी, अन्तर्राष्ट्रिय टी–२० मा उनले एक शतक तथा चार अर्धशतकको मद्दतमा सात सय ९९ रन जोडे । एकदिवसीयमा नौ र टी–२० मा उनले आठ विकेट हात पारेका छन् ।

See More On

सुझावित समाचार