छानबिन समितिले दिएका प्रतिवेदन तथ्यपरक छन्–छैनन् समीक्षा गर्ने वेला आएको छ : मन्त्री पाण्डे

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने वेला आएको बताएका छन् । 

बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।उनले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न  बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन् ? त्यसबारे समीक्षा गर्नुपर्ने वेला आएको बताए। 

मन्त्री पाण्डेले भने, ‘छानबिन समिति बन्ने गरेका छन्। बनेका छानबिन समिति कत्तिको सत्य, तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने वेला भएको छ, यदि दिएका प्रतिवेदन तथ्यपरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन,’ उनले त्यसबारे सोच्नुपर्ने वेला आएको बताए । 

उनले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको उल्लेख गरे ।  मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिए।

सुझावित समाचार