अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग (बिबिएल)को ड्राफ्टमा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशी परेका छन् । बिबिएलले बुधबार सार्वजनिक गरेको खेलाडी ड्राफ्टको सूचीमा नेपालबाट लामिछाने र राजवंशीले स्थान बनाएका हुन् ।
बिग बासको अक्सन १ सेप्टेम्बरमा हुनेछ । प्रतियोगिता १५ डिसेम्बरबाट सुरु हुनेछ । यसपटक बिग बासको ड्राफ्टमा ३० राष्ट्रका ४३२ खेलाडी छन् । सन्दीपले बिग बास लिगको चार संस्करण खेलेका थिए ।
राजवंशी पहिलोपटक टी–२० फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । बिग बासको गत संस्करणको ड्राफ्टमा लामिछानेलाई समावेश गरे पनि उनलाई कुनै टोलीले अनुबन्ध गरेन ।