स्टार माइक्रो इन्स्योरेन्सको आइपिओ बिक्री प्रबन्धकमा एनआइएमबि एस

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० हजार रुपैयाँबराबरको कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ । कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र एनआइएमबि एसका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । 

See More On

सुझावित समाचार