एकीकृत समाजवादीको मतदान सुरु

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण
एकीकृत समाजवादीको मतदान सुरु

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी र पोलिटब्युरो सदस्य निर्वाचनको मतदान सुरु भएको छ।

एकीकृत समाजवादीमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन भए पनि १८ पदाधिकारी चयन हुन सकेको थिएन।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न मतदान सुरु भएकाे हाे।

घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन्।

सुझावित समाचार