प्रवासमा संगीत साधना गरिरहेका गायक रिकेश मैनालीले आफ्नो दोस्राे गीत सार्वजनिक गरेका छन्। मैनालीले आफ्नै शब्दमा ‘आकृति’ गीत सार्वजनिक गरेका हुन्।
पहिलो गीतको भिडियोमा आफ्नो पुर्ख्याैली घर काभ्रेको कल्छेलाई छायांकन परिवेश बनाएका मैनालीले दोस्राे गीतमा क्यानडाको अल्बर्टास्थित एडमन्टनलाई बनाएका छन्। गीतको भिडियोमा एडमन्टनकी अभिनेत्री केल्सी भोल्कर फिचर्ड छिन्। यसले नेपाली संस्कृतिको प्रसार हुने र नेपाली संस्कृतिसँग अपरिचित विदेशीबिच समेत गहिरो सांस्कृतिक आदानप्रदान हुने अनुभव सुनाउँछन् मैनाली।
दिनेश श्रेष्ठको मिक्सिङ, मास्टरिङ र एरेन्ज रहेको गीतमा मैनाली स्वयंको कम्पोजिसन रहेको छ।