सल्यानमा चट्याङ लागेर एकजनाको मृत्यु

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

सल्यानमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको कालीमाटी गाउँपालिका– १ लक्ष्मीपुर सातलखोलाका  ५६ वर्षीय दलबहादुर कार्कीको सोमबार दिउँसो चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक रहेको स्थानीयको भनाइ छ। 

सार्वजनिक बिदाको दिन घरनजिकै गोठालो गएका कार्कीलाई चट्याङले हानेको थियो। चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।  
 

See More On

सुझावित समाचार