बोस्टन इन्टरनेसनल कलेजले चितवनमा नै पहिलोपटक ओपन हाउस कार्यक्रमको आयोजना गरेको छ । पत्रकार सम्मेलन गर्दै कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रका नौजना विषयविज्ञको उपस्थितिमा कलेजले ओपन हाउस कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
भोलि (भदौ ११ गते) कलेजपरिसर हाकिमचोकमा हुने उक्त कार्यक्रममा आइटिसी होटेल इन्डियाका पूर्वउपाध्याक्ष मनोज वीरमानीको उपस्थिति रहनेछ ।
त्यस्तै, नेपालको पहिलो फाइभ स्टार एक्जिक्युटिभ सेफ गोविन्द नरसिंह केसी, बिबिसी मास्टरसेफ सन्तोष शाह, भिभान्त चितवनका म्यानेजर मुदित माथुर, बाराही जंगल रिसोर्टका जेनेरल म्यानेजर प्रकाश चन्द, इम्प्याक्ट पोलिनेट गु्रपका संस्थापक निर्देशक सीता अधिकारी, सिएमटी रिसोर्टका एक्जिक्युटिभ सेफ र प्राध्यापक राजन कुमाल, मेघौली सेराई अ ताज सफारीका एचआर प्रमुख डा. रघुनाथ प्रजापति साक्षात्कारमा रहनेछन् । कलेजका प्रिन्सिपल आनन्दबहादुर चन्दले विद्यार्थी र अभिभावकलाई बिएचएमबारे बुझ्ने यो सुनौलो अवसर भएको समेत बताए ।
के छ बिएचएममा ?
कलेजले बिएचएम ओरिन्टेसन कार्यक्रम यही सेप्टेम्बर २२ र २३ मा काठमाडौंमा गर्दै छ । न्यूनतम चार सय घण्टाभन्दा बढी पेडवर्क उपलब्ध गराउने कलेजको उद्देश्य छ । १८ महिनाको इन्टर्नसिप कार्यक्रममा पाँचवटाभन्दा बढी पाँचतारे होटलको अध्ययन भ्रमण गराउनेछ ।