बागमती प्रदेश सरकारका मन्त्रीको सरकारी निवासमा आगलागी भएको छ । प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासमा आइतबार साँझ आगलागी भएको हो। मकवानपुर प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका– ९ लामसुरेस्थित मन्त्रीको सरकारी निवासमा आगलागी भएको हो ।
मन्त्री निवासको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। आगलागीका कारण इन्भर्टरको ब्याट्री चार थान, इन्भर्टर ब्याट्री पावर सप्लाई बक्स एक थान, वाइफाई राउटर एक थान, कार्पेट र गलैँचा एक थान जलेर नष्ट भएको छ ।
आगलागीबाट कुनै पनि मानवीय क्षति भने नभएको प्रवक्ता भण्डारीले बताए । आगो दमकल र नेपाल प्रहरीको सहयोगमा निभाइएको उनले जानकारी दिए ।