दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू– २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले भुटानसँग बराबरी गरेको छ। १–० गोलअन्तरले पछि परेको नेपालले ७७औँ मिनेटमा बराबरी गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा भुटानले अग्रता लिएको थियो। नेपाललाई बराबरीमा ल्याउन नीराजन धामीले गोल गरे।
पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६औँ मिनेटमा भुटानले नेपालविरुद्ध पहिलो गोल गरेको थियो।