हुन्डाई गाडीको विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ–तिहारलक्षित ‘फेस्टिभ डिलाइट’ योजना सार्वजनिक गरेको छ । कम्पनीले विगतका दिनमा झैँ यसपटक पनि दसैँ–तिहार विशेष बनाउन आकर्षक योजना ल्याएको जनाएको छ । कम्पनीका अनुसार यस योजनामा एकजना भाग्यमानीले हुन्डाई मेड इन नेपाल जित्न सक्नेछन् ।
योजनाअन्तर्गत ग्राहकले जुनसुकै हुन्डाई गाडीको खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउनेछन् । त्यस्तै, स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुटका साथै एक वर्षका लागि नि:शुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । २२ मंसिरसम्म लागू हुने यस योजनामा हुन्डाईका सबै गाडीमा तीन वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध हुनेछ ।
यसका लागि ग्राहकले ११ भदौदेखि सुरु हुने नाडा अटो सोमा बुकिङ गर्न सक्ने बताइएको छ । साथै, अहिले चलिरहेको ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ क्यापेनअन्तर्गत ग्राहकले हुन्डाई क्रेटा र हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारसमेत जित्न सक्ने कम्पनीको भनाइ छ ।