ताप्लेजुङ गोल्डकप : घरेलु टोली ताप्लेजुङलाई हराउँदै मोरङ फाइनलमा

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोली संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङलाई हराउँदै मोरङको सगरमाथा युथ क्लव फाइनलमा पुगेको छ ।  निर्धारित समयमा खेल १–१ मा बराबरी भएपछि इञ्जुरी समयमा २–१ गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो ।

विजयी टिमका लागि दुबैगोल मिलन राईले गरेका थिए । खेलको नवौं मिनेटमा विजय भुजेलको पासमा सानदार ‘फिनिसिङ्’ गर्दै मिलनले टिमका लागि पहिलो गोल गरेर टिमलाई १–० को अग्रता दिलाएका थिए ।

ताप्लेजुङको संघर्ष स्पोटिङ क्लवका लागि खेलेको ६० औं मिनेटमा कप्तान अनुप सेन्दाङले सगरमाथा युथ क्लवबिरुद्ध १ गोल गर्दौ खेल १–१ को बराबरी पुगेको थियो ।

निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो । इञ्जुरी समयको ७ मिनेट अर्थात खेलेको ९७ औं मिनेटमा पुनः मिलन राईले एक गोल गर्दै टिमलाई अग्रता दिलाए । सोही गोल मोरङका लागि जीत बन्यो ।

घरेलु मैदानमा उत्रिएको गृह टिमलाई पाखा लगाउँदै मोरङको सगरमाथा फाइनलमा पुग्ने पहिलो टिम बन्यो । सगरमाथा युथ क्लवले बुटवलको फ्रन्चाइजी लुम्बिनीलाई १–० गोलले जितेर सेमिफाइनलमा पुगेको थियो । 

भानु माविको खेल मैदानमा भएको पहिलो खेलमा ७–५ गोलले भारतको सिलगुढीलाई हराउँदै घरेलु टिम संघर्ष स्पोर्टिङ क्लव सेमिफाइनलमा पुगेको थियो । तर, सेमिफाइनल खेलमा मोरङसँग पराजित भएको छ । 

यस खेलमा म्यान अफ दिन म्याच मोरङको सगरमाथा युथ क्लवका मिलन राई घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरका छन् ।  खेलमा मोरङका मौसम सुब्बा र भुवन बस्नेतले पहेंलो कार्ड पाएका थिए । 

खेलाडीको बीमा

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले आयोजकले सेमिफाइनलका दुई र फाइनलको एक खेल गरी तीन खेलमा सहभागी सबै खेलाडीको जनही १ लाख रुपैयाँका दरले शिखर ईन्स्योरेन्स कम्पनीमा दुर्घटना बीमा समेत गरिएको बताए । 
 

सुझावित समाचार