एभरेष्ट बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ सञ्चालनमा ल्याएको छ । उक्त डिजिटल संसारमा अत्याधुनिक प्रणालीजडित उपकरणमार्फत ग्राहकलाई डिजिटल सेवा दिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
सेवा सुचारु भएसँगै ग्राहकले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथसाथै सेवासम्बन्धी गुनासोसम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको बताइएको छ ।
साथसाथै, बैंकको बानेश्वर शाखा पनि स्थानान्तरण भएको छ । नयाँबानेश्वरमा रहेको बैंक साबिकको स्थानबाट करिब एक सय ५० मिटर पश्चिम आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भएको हो । स्थानान्तरण भएसँगै सम्पूर्ण बैंकिङ सेवा आफ्नै भवनबाट सुरु गरेको छ ।
एक कार्यक्रमबीच सो शाखाको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले गरेका छन् । अध्यक्ष डा. वैद्यले नयाँबानेश्वर तथा आसपासका बासिन्दालाई सरल, उत्कष्ृट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्नेे प्रतिबद्धता व्यक्त गरे ।