एमाले संसदीय विभागले वार्षिक कार्ययोजना बनाउने

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

एमाले केन्द्रीय संसदीय विभागले वार्षिक कार्ययोजना बनाएर काम अगाडि बढाउने भएको छ। केन्द्रीय कार्यालयमा बिहीबार बसेको विभागको बैठकले त्यस्तो निर्णय गरेको हो। ‘पार्टीको संसदीय क्षेत्रको कामलाई प्रभावकारी बनाउन आगामी बैठकबाट वार्षिक कार्ययोजना बनाई अघि बढ्ने निर्णय गरिएको छ,’ सचिव तथा विभागका प्रमुख योगेश भट्टराईले भने, ‘सबैबाट नियमित रूपमा उचित सल्लाह र सुझावको अपेक्षा राखेका छाैँ।’  

विभाग प्रमुखका रूपमा जिम्मेवारी सम्हालेपछि सचिव भट्टराईले पहिलो बैठक राखेका हुन्। बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको संसदीय फाँट हेर्ने महत्त्वपूर्ण विभागका रूपमा स्थापित संसदीय विभागले संसदीय काम–कारबाहीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। उनले अहिले पार्टीले सरकारको नेतृत्व गरिरहेकाले संसदमा सरकारले ल्याउने प्रस्ताव र विधेयकका सन्दर्भमा नीतिगत सुझाव दिने र सरकारका जनमुखी काममा मार्गदर्शन गर्ने काममा विभागले कार्ययोजना बनाएरै काम अगाडि बढाउन पनि सुझाव दिएका थिए।

बैठकमा उपमहासचिव तथा पूर्वप्रमुख पृथ्वीसुब्बा गुरुङले विभागीय कामका अनुभव ब्रिफिङ गर्दै भट्टराईलाई सफल नेतृत्वका लागि शुभकामना दिएका थिए। 
 

सुझावित समाचार