त्रिवि विवादमा पूर्वशिक्षामन्त्री श्रेष्ठले के भनिन् ? [हेर्नुस् भिडियाे]

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

त्रिवि कीर्तिपुरमा कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुका विद्यार्थी नेताको धम्कीपछि त्रिविका पदाधिकारी कार्यालय छाडेर बिदामा बसेका छन्। शिक्षामन्त्रीले सामाजिक सञ्जालबाटै गृहमन्त्रीसँग सुरक्षाको गुहार मागेका छन्।

समाजशास्त्र विभागमा नयाँ विभागीय प्रमुखको सिफारिसको विषयमा विद्यार्थी नेताहरूले धम्की दिएको उक्त विषय बिहीबारको प्रतिनिधिसभा बैठकमा उठेको छ। पूर्वशिक्षामन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षालयमा दल चाहिन्छ भन्दै हिँड्नेहरूको सेनापतिका रूपमा प्रधानमन्त्री केपी ओली रहेका भन्दै कडा टिप्पणी गरिन्। ‘जरोमा पनि उही, टुप्पोमा पनि उही’ भन्दै उनले प्रधानमन्त्री ओलीको कार्यक्षमतामै प्रश्न गरेकी छिन्। थप हेर्नुस् भिडियाेमा :

सुझावित समाचार