पहिराेका कारण मण्डनदेउपुर- ७ स्थित हेलम्बु राजमार्ग अवरुद्ध

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

अविरल वर्षाको कारण पहिराे खस्दा मण्डनदेउपुर- ७ स्थित हेलम्बु राजमार्ग पूर्ण रूपले अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरो खसी हेलम्बु राजमार्गको हिंगुवापाटी-कुन्ताबेँसीखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

हिंगुवापाटी प्रहरी चौकीका अनुसार करिब तीन सय मिटर अगाडि पहिरोले हेलम्बु राजमार्गको हिंगुवापाटी-कुन्ताबेँसीखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

हिंगुवापाटी चोकबाट नगर अस्पतालतर्फको सडक हुँदै कुन्ताबेँसी–नर्सरी वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुराेध गरेकाे छ । अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय र मण्डनदेउपुर नगरपालिकाका जनप्रतिनिधिहरू खटिएका छन् ।

सुझावित समाचार