विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले बैठकमा पार्टीको राष्ट्रिय भेला, कर्णाली विशेष अभियान, आसन्न स्थानीय तहको निर्वाचन, संविधान दिवसलगायतका विषयमा छलफल हुने जानकारी दिए।
गत १० साउनमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको थियो। त्यसको तयारीलगायतका विषयमा बैठकमा गम्भीर छलफल हुने झाले बताए।
रास्वपाले भदौको दोस्रो सातामा कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ।