इस्लिङ्टन कलेजको प्रविधि महोत्सव ‘फ्युचरामा’

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

इस्लिङ्टन कलेजले तीनदिने प्रविधि महोत्सव ‘फ्युचरामा’ सम्पन्न गरेको छ । कलेजले आइएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आइटीलाई प्रेरणा र सशक्तीकरण गर्न सो महोत्सव गरेको हो । 

सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै उनीहरूलाई अत्याधुनिक प्रविधिसँग जोड्नु यसको उद्देश्य रहेको बताइएको छ । कार्यक्रममा एआई गगल, स्वचालित सवारीसाधनका मोडेल र रोबोटिक साथीजस्ता अत्याधुनिक प्रविधि प्रदर्शित गरिएका थिए । यी सबै प्रविधि स्किल म्युजियम र इस्लिङ्टन कलेजका विद्यार्थीद्वारा निर्माण गरिएका हुन् । यसले उनीहरूको रचनात्मकता र प्रविधि निर्माणमा दक्षता प्रकट गर्ने कलेजले जनाएको छ । 

प्रदर्शनीमा, डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा र एनिमेसनका अनुभव समावेश गरिएका थिए । ‘फ्युचरामा’ले अन्तक्र्रियात्मक बुथ, प्रत्यक्ष प्रदर्शनी र ज्ञानवद्र्धक कार्यशालामार्फत प्रविधिको भविष्यको झलक प्रदान गरेको थियो । 

‘प्रविधिबाहेक कार्यक्रमले दिगोपन र उद्यमशीलतालाई पनि जोड दिने प्रयास गरेको छ । आधुनिक व्यवसायमा प्रविधिको भूमिकाको अन्वेषणसँगै, फ्युचरामाले दिगोपनमा पनि ध्यानकेन्द्रित गराउने लक्ष्य राखेको छ,’ आइएनजी स्किल एकेडेमीका स्किल सुपरभाइजर स्वेच्छा प्रधानांगले भनिन् । 

See More On

सुझावित समाचार