२१ ग्राम खैरो हेरोइनसहित संखुवासभामा एकजना पक्राउ

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

संखुवासभामा २१ ग्राम खैरो हेरोइनसहित एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–२  बस्ने ४४ वर्षीय रोशन ओझा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

उनका अनुसार सोमबार ओझाको साथबाट २१ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित नगद २६ हजार २३० रुपैयाँ बरामद भएको छ। विराटनगर–धरान–हिले–धनकुट हुँदै संखुवासभा प्रवेश गर्ने नाका धर्मदेवी नगरपालिका– ८ केवाबेँसीस्थित उत्तर–दक्षिण कोशी राजमार्गमा रहेको अस्थायी प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा को.२० प १८८ नम्बरको निलो–कालो रंगको २२० सिसीको पल्सर मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक लामिछानेले बताए।

प्रहरीको विशेष सूचनाको आधारमा ओझा पक्राउ परेका हुन्। ओझालाई केही समयदेखि लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले निरन्तर निगरानी गरिरहेको थियो। निजउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार