मानुषी लघुवित्तको नाफा १ करोड ९२ लाख

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को चौथो त्रैमाससम्ममा करिब एक करोड ९२ लाख खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार करोड ४२ लाख खुद नोक्सानीमा रहेको संस्था गत आवमा खुद नाफा आर्जन गर्न सफल भएको छ ।

दुई करोड ७२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको संस्थाको गत आर्थिक वर्षमा इम्पेयरमेन्ट चार्जबापतको एक करोड ३८ लाखभन्दा बढी रकम फिर्ता भएसँगै संस्था नाफामा गएको हो ।

१० करोड ९३ लाख ७५ हजार सेयर पुँजी भएको संस्थाको जगेडा कोषमा पाँच करोड ४७ लाख सात हजार २२५ रुपैयाँ रहेको छ । करिब एक करोड ४३ लाख वितरणयोग्य नाफा रहेको संस्थाको प्रतिसेयर आम्दानी १७.५३ र प्रतिसेयर नेटवर्थ १५०.०२ छ ।

संस्थाले समीक्षा अवधिसम्ममा ३३ हजार ७१८ सदस्यबाट ९८ करोड ७८ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ। आर्थिक वर्ष ०७९/८० मा ७.९ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.४६ प्रतिशतमा झरेको विवरण प्रकाशित गरेको छ।

सुझावित समाचार