बर्दियामा सकियो रोपाइँ

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

बर्दियामा धान उत्पादन हुने क्षेत्रफलमा शतप्रतिशत रोपाइँ भएको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका अनुसार सिँचाइको सुविधा भएको र आकासे पानी समयमा परेको हुनाले सबै भूभागमा रोपाइँ भएको हो ।  

असारको दोस्रो सातासम्म खडेरी परेकाले अत्यन्त न्यून धान रोपाइँ भएको थियो । त्यसपछि सुरु भएको बर्सात र बबई सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा पुगेकाले किसानले समयमै रोपाइँ सकाएका हुन् ।

कृषि कार्यालयका अनुसार बर्दियामा राजापुर, बबईलगायतका सिँचाइ आयोजनाबाट करिब ७० प्रतिशत भूभाग सिञ्चित हुँदै आएको छ । कार्यालयका प्रमुख सागर ढकालले बर्सात र सिँचाइ नहरका कारण सबै किसानले रोपाइँ सहजै सम्पन्न गरेको बताए । ‘असारको दोस्रो सातासम्म निराशाजनक भएको धान रोपाइँ अहिले समग्रमा हेर्दा अत्यन्त राम्रो भएको छ । विगतभन्दा यसपालि धान उत्पादन राम्रो हुने अनुमान गरिएको छ,’ उनले भने ।

See More On

सुझावित समाचार