भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष ०८०/८१ मा जिल्लाका आठ पालिकाकाका दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । केन्द्रका निमित्त प्रमुख डा. सुनील न्यौपानेका अनुसार विभिन्न रोग नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बंगुर, कुकुरलाई खोप लगाइएको हाे ।
गाईवस्तु २९ हजार तीन सय ८६, भैँसी ५७ हजार सात सय ६, बाख्रा एक लाख १७ हजार तीन सय ४१, भेँडा १६ हजार आठ सय ७९ वटा, बंगुर दुई हजार सात सय ६९ र कुकुर चार हजार चार सय २१ वटामा खोप लगाइएको थियो ।
सबैभन्दा बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दुधपोखरी गाउँपालिकाका किसानका चौपायमा खोप लगाइएको छ । बेँसीसहरमा ३६ हजार एक सय ३२, दुधपोखरीमा १५ हजार चार सय १६ पशुचौपायामा खोप लगाइएको छ ।
त्यसैगरी, सुन्दरबजार नगरपालिकामा ३२ हजार नौ सय ९१, राईनास नगरपालिकामा २६ हजार ३७, मध्यनेपाल नगरपालिकामा ३० हजार ६ सय २४, दोर्दी गाउँपालिकामा ३४ हजार सात सय २८, मर्स्याङ्दी गाउँपालिमामा ३५ हजार सात सय५४ वटा र क्व्होंलासोथर गाउँपालिकामा १६ हजार सात सय १९ चौपायमा खोप लगाइएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता सञ्चालन गरिएको थियो ।