सल्यानमा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका– ५ की २७ वर्षीया बालिका विष्ट बँदेलको आक्रमणबाट घाइते भएकी हुन्।
बजारबाट औषधि लिएर घर जाने क्रममा बँदेलले आक्रमण गरेको वडाध्यक्ष पिपर खत्रीले जानकारी दिए। सल्लीबजारबाट छोराछोरीलाई औषधि गरेर घर फर्कने क्रममा रतन खोलानजिकै बँदेलले आक्रमण गरेको उनको भनाइ छ।
घाइते महिलालाई सल्लीबजारस्थित सिटी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ। पछिल्लो समयमा यस क्षेत्रमा बँदेलले किसानले लगाएको बालीहरूमा क्षति पुर्याउनुको साथै मानिसमाथि पनि आक्रमण गरिरहेको छ।