पिइएफले गायन तथा नृत्य प्रतियोगिता गर्ने

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

सत्रौँ वार्षिक समारोहको अवसरमा  प्रोगेसिभ एजुकेसनल फोरम (पिइएफ) चाबहिलले फोरममा आबद्ध १० संस्थागत विद्यालयको संयुक्त आयोजनामा गायन तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

यही ३२ साउन, शुक्रबारका दिन फोरमले एसइई २०८० मा उत्तीर्ण छात्रछात्रालाई सम्मान गर्नुका साथै गायन तथा नृत्य प्रतियोगिता गर्ने भएको हो। 

पिइएफमा आबद्ध विद्यालयमा शैक्षिक र अतिरिक्त कार्यक्रमलाई उकास्न फोरमले सदस्य विद्यालयबीच वर्षभरि हस्तलेखन, कविता, वक्तृत्वकला, चित्रकला, वादविवाद, नेपाली र अंग्रेजी हिज्जे, कथावाचन, बास्केटबल, फुटबलजस्ता विविध प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम गर्दै आएको छ।

सो कार्यक्रममा कलाकार मिथिला शर्मालाई अभिनन्दन गर्नुका साथै कार्यक्रममा फोरमभित्रका विद्यालयमा लामो समयदेखि अध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीलाई दीर्घकालीन सेवा सम्मान गरिने फोरमकी अध्यक्ष सीता भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार सो कार्यक्रममा एसइई उत्तीर्ण छात्रछात्रालाई सम्मान गर्नुका साथै गायन र नृत्य प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिनेछ।

सुझावित समाचार