गुरु पद्मसम्भवको जन्मदिन मनाउँदै बौद्ध धर्मावलम्बी

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

बौद्ध धर्मावलम्बीहरूले गुरु पद्मसम्भवको २९००औँ जन्मजयन्ती मनाउँदै छन्।

तिब्बती पात्रो मेन्ची खाङअनुसार गुरु पद्मसम्भवले २९०० वर्षअगाडि जन्म लिएको मानिन्छ। बौद्ध धर्मावलम्बीले पद्मसम्भवको जन्मदिन विभिन्न कार्यक्रम गरेर मनाउँदै छन्। पद्मसम्भवको जन्मोत्सव तीन दिनसम्म मनाउने गरिन्छ।

गोदारीको ञिङमा जोग्छेन श्री सिंह गुम्बा (रातो गुम्बा)मा आयोजना गरिएको कार्यक्रममा विभिन्न देशबाट बौद्ध धर्मावलम्बीहरू उपस्थित भएका छन्।

पद्मसम्भवको जन्मोत्सव मनाउन भनेर गुम्बामा ताइवान, रुस, चीन, स्टोनिया, जापान, अमेरिकालगायतका देशबाट बौद्ध धर्मावलम्बीहरू आएका हुन्।

सुझावित समाचार