उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनकाे निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए।
न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो । न्यायसेवाका सहसचिव रेग्मी ०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।
उनको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिए । न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।
(*स्वर्गीय रेग्मीको तस्बिरको स्थानमा अन्यथा हुन गएकोमा क्षमायाचनासहित भूलसुधार गरिएको छ। सं.)