माथिबाट लेदो खस्दा दाउन्नेमा सडक अवरुद्ध

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

नारायणगढ–बुटवल सडक अवरुद्ध भएकाे छ । नवलपुरको दाउन्नेमा भासिएको सडकमाथिबाट लेदो खस्दा अहिले सडक अवरुद्ध भएको हाे । रातभरि परेको पानीका कारण सडकमा लेदो खसेका कारण बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

उनका अनुसार अहिले लेदो पन्छाउने काम भइरहेको छ । पानी रोकिएपछि सडक एकतर्फी सञ्चालनमा आउनेछ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– २ दाउन्नेमा हिजो बिहानदेखि सडक भासिएर एकतर्फी भएको ठाउँमा आज लेदो पानी बगेको छ । 

पानी रोकिएपछि भासिएको सडक मर्मत सुरु गरिने र  दुईतर्फी रूपमा सडक सञ्चालनमा ल्याउन सक्ने गरी काम गरिने पौडेलले बताए ।

सुझावित समाचार