कालीकोट–जुम्ला सडकखण्ड एकतर्फी सञ्चालनमा

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको कालीकोट–जुम्ला सडकखण्ड एकतर्फी खुला भएको छ। कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलानजिकै ठूलो ढुंगासहित पहिरो खस्दा सोमबार बिहानदेखि नै  उक्त सडक अवरुद्ध भएको थियो।

अवरुद्ध सडकखण्ड मंगलबार दिउँसो साढे १ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

ढुंगासहित पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको सडकखण्ड एकतर्फी खुला भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए।

‘चौखालामा बन्द भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ,’ उनले भने, ‘चौखोलामा ठूलाे ढुंगा खसेकाले एकतर्फी सडक सञ्चालन भए पनि पूर्ण सञ्चालनका लागि विस्फोट गर्नुपर्ने अवस्था छ।’

अवरुद्ध सडक नेपाली सेनासँग समन्वय गरेर ढुंगा विस्फोट गरेपछि मात्र दुईतर्फी खुल्ने प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए।

सुझावित समाचार