युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण
युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

रुसी सीमा क्षेत्रमा युक्रेनी सेना । तस्बिर : रोयटर्स

रुस र युक्रेनबीच बढ्दो द्वन्द्वबीच पछिल्लो समय युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ।

युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले जनाएका छन्।

उनका अनुसार विस्थापितमध्ये लगभग एक हजार मानिस हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन्। ‘बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खान–बस्नलगायतका न्यूनतम आवश्यकताका सामानहरू प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ,’ ग्लेडकोभले भने।

वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितहरूलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने उनले आशा व्यक्त गरेका छन्।

सुझावित समाचार