मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच महासंघसँग सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार घरेलु तथा साना उद्योगलाई बैंकले सहज र सुलभ कर्जा प्रवाह गर्न सहयोग गर्नेछ ।

एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र महासंघको तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम आगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आबद्ध घरेलु तथा साना उद्योगीलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्नेछ ।

महासंघकी अध्यक्ष शोभा ज्ञवालीले खुसी व्यक्त गर्दै सम्झौताले महासंघसँग आबद्ध महिला उद्यमीलाई आर्थिक विकास गर्न र व्यावसायिक तथा वित्तीय साक्षरताको क्षेत्रमा थप टेवा पुग्ने कुरामा विश्वास व्यक्त गरिन् ।

सुझावित समाचार