पर्सामा थुनुवाहरूको निःशुल्क स्वास्थ्य परीक्षण

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

पर्सा प्रहरीले विभिन्न मुद्दाको अनुसन्धानको क्रममा थुनामा रहेकाहरूको स्वास्थ्य परीक्षण गराएको छ।

प्रहरीले सोमबार बिहान कार्यालय परिसरमा आठ महिला र ४९ पुरुष गरी ५७ थुनुवाको स्वास्थ्य परीक्षण गराएको हो। उनीहरूको स्वास्थ्यमा देखापरेका समस्याको पहिचान गर्न सूर्य अस्पताल वीरगन्जका विभिन्न रोगका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए।

केही समयदेखि प्रहरी हिरासतमा रहेका थुनुवाको निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। 

भारतीका अनुसार प्रहरी हिरासतमा रहेका थुनुवाको स्वास्थ्य चेकजाँच चिकित्सक डा. राकेश तिवारीको अगुवाइमा भएको हो।

सुझावित समाचार